कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी घर भइ हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटी बस्ने ४१ वर्षीय कृष्ण परियार रहेका छन् ।

पक्राउ परेका परियारले यही असोज २५ गते साँझ पुतलीबजार नगरपालिका वडा नम्बर–१ पुतलीखेत जाने ठाडो बाटोको किनारमा सोहि स्थान बस्ने ३५ वर्षीया मनकुमारी नेपालीलाई कुटपिट गरी घाइते बनाएर फरार रहेका थिए । मनकुमारी नेपालीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा कृष्ण परियारले महिलालाई यही असोज २५ गते साँझ कुटपिट गरी घाइते बनाएर फरार भएको खुल्न आए पश्चात तत्कालै प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कृष्ण परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका परियारमाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार