सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गर्ने युवा पक्राउ

इटहरी । सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाका अरविन्दकुमार कामतीलाई पक्राउ गरेको हो। इटहरी वडा नं. २ का २५ वर्षे एक युवालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले कामतीलाईं पक्राउ गरेको जनाएको छ।

घटनाक्रम अनुसार असोज २४ गते राति ८.३० बजे पीडितलाई ओके लेखिएको आइएमओ प्रयोगकर्ता युवतीले २०२० को इमो लट्री विजेता भएको जानकारी दिइन्। उनले भारतीय रकम २५ लाख रुपैयाँको हकदार भएको जानकारी दिएकी थिइन्। थप ती युवतीले राना प्रताप सिंहको इमोमा तत्काल सम्पर्क गर्न र आवश्यक पक्रिया अघि बढाउन भनेकी थिइन्।

विश्वास गरेर इटहरीका युवाले भोलिपल्ट विहान सम्पर्क गर्दा विजेता भएको रकम पठाउन नेपाल सरकारलाई २२ हजार ५०० बुझाउन आइएमइमार्फत रकम पठाउन भनियो। त्यो रकम अरविन्दकुमार कामतीकै नाममा ती युवाले पठाए। त्यसपछि प्राप्त गर्ने कुल २५ लाख रकमको चेकमा हस्ताक्षर गर्ने नेपाल हेर्ने अधिकृतलाई पनि ५५ हजार दिनुपर्ने भनेपछि आफू ठगिएको ठानेर ती युवाले इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले खोजी गर्ने क्रममा सिरहाबाटै पक्राउ गरेको जनाएको छ।

यसैगरी, लागूऔषध विक्री गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार धरान वडा नं. ८ का ३८ वर्षे विजयकुमार रोक्कालाईं प्रहरीले पक्राउ गरेको हो। को १० प ६२५९ नम्बरको मोटरसाइकल चलाएर इटहरीबाट धरानतर्फ जाने क्रममा प्रहरीले चेकजाँच गर्दा उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ब्राउन सुगर १२.५०० ग्राम र नगद दस हजार ९६० पनि बरामद गरेको छ। उनलार्इं प्रहरीले लागूऔषधमा मुद्दा चलाएर अनुसन्धान थालेको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार