धनकुटामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गरेपछि एक पुरुषको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका वडा नं १ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो।

लिलबहादुरले बलात्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्रहार गर्दा लिलबहादुरको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। झण्डै डेढ वर्षका छोरासँग घरमा बस्दै आएकी महिलामाथि मंगलबार राती बलात्कारको प्रयास भएको थियो।

रातको समयमा लिलबहादुरले कमलाको घरमा गई ढोका खोल्न भनेको तर ढोका नखोलेपछि जबरजस्ती ठेलेर ढोका खोली आफूलाई बलात्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जनाकारी दिए। सोही क्रममा खुकुरीले हानेपछि लिलबहादुर भागेको ती महिलाले बताएकी छिन्।

रातीको घटनापछि बुधवार आफन्तले खोजी गर्दा लिल बहादुरको शव खोल्सीमा फेला परेको जनाइएको छ। मृत शव जिल्ला असपतालमा पोष्मार्टमका लागि राखिएको प्रहरी कार्यलय धनकुटाका एसपी अधिकारीले बताए। उनका अनुसार घटनामा संलगन महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनको भनाइ छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार