ग्याँस सिलिण्डर विष्फोट हुदा ४ जना घाइते

काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार