अन्नपूर्ण गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार

अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक साता बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए । कात्तिक २५ गते १५ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए । होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ ।

सङ्क्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।

यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ । हालसम्म १२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेसनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना सङ्क्रमित भेटिन थालेका छन् । रासस

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकामा २७ गतेदेखि ८ दिन लकडाउन (भिडिओ)

सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार…

thumbnail

म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण…

thumbnail

खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)

शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ स्थित खिबाङ आधारभुत विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार समाजसेवी क्याप्टेन रबिन्द्र गर्बुजा र गाउँपालिकाका अध्यक्ष…