उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका श्रेष्ठ निर्वाचित

म्याग्दी । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुबिर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ महासंघको राजधानिमा जारी ५४ औँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले कुल १०५ मत मध्ये ५८ मत ल्याएर बिजयी हुनुभएको संघका दित्तिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।श्रेष्ठले बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलबाट उमेदवारि दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार