कालीमाटीका डिएसपी बनेर आफ्नै दाइलाई धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौं । आफूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीका डिएसपी भनेर आफ्नै दाइलाई धम्क्याउने भाइ पक्राउ परेका छन्। वृत्तले आइतबार बिहान पौने १२ बजे नक्कली डिएसपी बनेका सर्लाही रामनगर गाउँपालिका ६ का बब्लु झालाई पक्राउ गरेको हो।

बब्लु झाले आफू कालीमाटी वृत्तका डिएसपी बनेर बानेश्वर बस्ने आफ्ना दाइ चन्दु झालाई फोन गरेका थिए। गत बिहीबार सवा ३ बजे बब्लुले आफ्ना दाइलाई फोन गरेर धम्क्याएको वृत्तका डिएसपी अपिलराज बोहराले बताए।उनले फोनबाट चन्दुलाई कालीमाटी वृत्तमा नआए कारबाही गर्ने समेत चेतावनी दिएका थिए। चन्दु शुक्रबार कालीमाटी वृत्त पुगेका थिए। उनले न्जान व्यक्तिले फोन गरी धम्क्याएको भन्दै निवेदन दिएका थिए।

त्यसपछि प्रहरीले उनको खोजी थालेको थियो। ‘उनीहरूबीच अंशको विवाद रहेछ, आफ्नो विवाद मिलाउन बब्लुले अर्कैको नम्वरबाट दाइलाई फोन गरेका रहेछन्,’ बोहोराले भने। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार