कैलालीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।

कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार