ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु

दाङ । दाङमा मंगलवार राती भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ३३४४ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा ५ प ६७३३ नम्बरको मोटरसाईकल ठोक्किएका हुन्। दुर्घटनामा परि मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनीयाका मनोज गाहा, मोटरसाईकलमा सवार राप्ती गाउँपालिका २ का कसम पुन र राप्ती गाउँपालिका पिपरीका दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार