देशभर २,५७१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार