पौडी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा बालक बेपत्ता

म्याग्दी । पौडी खेल्ने क्रममा सोमबार दिउसो म्याग्दी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङका १६ वर्षीय शंकर बिकको खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा दिउसो १३.२० बजे खोलाले बगाई बेपत्ता भएका विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार