बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

धनगढी । दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बैतडीको खोडपेमा गए राति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस दशरथचन्द राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते बालिका

७ जनाको शव जिल्ला अस्पताल बैतडीमा पु¥याइएको छ । भने एक जनाको शव अझै निकाल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बसको बडीले किचेको अवस्थामा रहेको डोगडाकेदार गाउँपालिकाका –६ का करन ऐरको शव बसको बडी काटेर वा जमिन खनेर निकाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले दिनेश बताउनुभयो ।

मृत्यु हुने मध्ये केहीको पूूर्ण पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन ।

ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य २ जनाको भने खुल्न सकेको छैन । गए राति करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ ,खोडपेमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो । बसका ड्राइभर पनि घाइते भएका छन् ।

घाइतेहरूलाई राति नै उद्धार गरी डडेलधुरा अस्पताल पु¥याइएको छ । गम्भीर घाइते ७ जनालाई थप उपचारका लागी धनगढी पठाइएको प्रनाउ अधिकारीले बताउनुभयो ।दुर्घटनाको कारण अझै खुलेको छैन । दिनेश खबरको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार