भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख २९ हजार नाघ्यो

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ९६ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७ सय ९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा भारतमा ५३ हजार २ सय ८५ जना कोरोनामुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभर हाल पाँच लाख ६१ हजार ९ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार