दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको जिप दुर्घटना : तीनको मृत्यु, चार घाइते

दाङ । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सल्यान र रोल्पाको सिमानामा पर्ने सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा भएको दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

दुर्घटनामा रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय चालक भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक गोविन्द थापाका अनुसार जिपमा सवार ७ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिपमा सवार ४ जनाले भने हामफालेर ज्यान जोगाएका थिए । उकालोमा चढ्न नसकेर जिप ब्याक भएर पल्टिएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार