बझाङ कारागारबाट विप्लवका समूहका एक कार्यकर्ता फरार

बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो ।

सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ । विप्लव समूहको नेकपाका कार्यकर्ता धामीलाई प्रहरीले यही कात्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौ दिनमा फरार भएका हुन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार