गुल्मीमा जीप दुर्घटना:एकको मृत्यु ,७ जना घाइते

गुल्मी । गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबास भन्ने स्थानमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी प्रविणलाल श्रेष्ठले चालक गाहको मृत्यु भएको तथा अन्य ७ जना घाइते भएको जनाए । घाइतेमध्ये सोनु गाह र प्रेमबहादुर थापा स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डिस्चार्ज भईसकेका छन् भने घनबहादुर गाह, प्रेमबहादुर पल्ली, श्री राजकोटी, अलिक पाल्पाली र भिमहादुर गाहको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

उक्त जीप मजुवाबाट जुभुङ्गको हटियातर्फ आउँदै गरेको अवस्थामा सडकबाट करिव ३ सय मिटर तल खसेको बताईएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार