नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडाललाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाललाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष समेत रहेका बडालको शुक्रबार बिहान आएको पीसीआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो ।

बडाल पत्नी शान्तिको मंगलबार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको बिहीबार पीसीआर परीक्षणका लागि स्वाव दिइएकोमा शुक्रबार बिहान रिपोर्ट पोजेटिभ आएको नेता बडालले जानकारी दिए । संक्रमणपछि शान्ति बडालको गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ भने केशव बडाल घरमै आइसोलेशनमा रहेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार