१ थान सेफ्टीफ्युज र १ थान जिलेटिनसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट विस्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन बरामद भएको प्रहरीले जनाएको छ ।

जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ बस्ने ४१ वर्षीय मिनबहादुर आले बिहीबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सिंह र आलेलाई लुकिछिपी बसेको अवस्थामा विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।उनीहरुविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्र्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार