कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष मृतावस्थामा फेला

कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार