काँकडभिट्टाबाट ब्राउनसुगरसहित चार पक्राउ

काठमाडौं । प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित आइतबार अपराह्न चार जनालाई पक्राउ गरेको छ। मेचीनगर-७ सिद्धार्थ टोलबाट सीताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर, धरान-५ का कल्याण राई र धरान-१६ का रिजन लकान्द्रीलाई पक्राउ गरेको हो।

आङ्देम्बे दम्पत्ति ब्राउनसुगर कारोबारी रहेको र उनीहरूसँग खरिद गर्न आएका बखत राई र लकान्द्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २८ ग्राम ब्राउनसुगर, एक लाख ३३ हजार रुपैयाँ, को३५प ७०१६ नम्बरको मोटरसाइकल बरामद भएको छ।

लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार