धनुषामा मोटरसाइकलको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

जनकपुर । मोटरसाइकल ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सोमबार धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ मा ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुल जाँदै गरेकी बालिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नम्बर २ काविष्णुदेव ठाकुरका ६ वर्षीया छोरी आरती रहेको धनुषा प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक श्रीप्रसाद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार