बर्दिबास घटनाको विरोधमा जलेश्वरमा पनि प्रदर्शन

महोत्तरी । ६ वर्षीया बालिका हत्याको विरोधमा स्थानीय प्रशासनको निषेधाज्ञाका बीच महोत्तरीको बर्दिबासमा बुधबार प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीले बर्दिबासका नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो । सो क्रममा प्रहरीले दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीको भिडलाई तितरबितर पारेको छ ।

यसैबीच बर्दिबास घटनाको विरोधमा सदरमुकाम जलेश्वरमा समेत प्रदर्शन भएको छ । स्थानीय युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।६ वर्षीया बालिका गुलाबसा खातुनको हत्याको विरोधमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार