पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २६, हजार २६ पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३९ रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ भने निको हुने दर ९२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार