दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार

भालुवाङ । दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेलमाथि अज्ञात समूहले गएराति गोली प्रहार गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको जानकारी दिएका छन् ।

गोली लागेर गम्भीर घाइते भएका पौडेललाई गएराति साढे ९ बजे फेला पारेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको नर्सिङ होममा लगिएको छ । पौडेल लमहीको च्याउखोला नजिकै गोली लागेको अवस्थामा फेला परेका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार