त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक प्रा.डा.भीष्मराज प्रसाईँको निधन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक प्रा.डा.भीष्मराज प्रसाईँको मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।

८९ वर्षीय प्रसाईँ कात्तिक २८ गते अस्पताल भर्ना भएका थिए । मुटुको समस्याका कारण अस्पताल भर्ना भएका उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रसाईँ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका संस्थापक कार्यकारी निर्देशक र आइओएमका पूर्वडिन समेत हुन् । उनी शिक्षाध्यक्ष र त्रिविको उपकुलपति पनि बनेका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार