योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा शाक्यको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणपछि अवस्था गम्भीर भएर उनलाई नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनी २०७० सालमा योजना आयोगको उपाध्यक्ष भएका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार