२५ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाइ नगरपालिका वडा नं. १० की २५ वर्षीया सुत्केरी महिलाको नोबेल मेडिकल कलेजको शिक्षण अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालले ती महिला सुत्केरी भएको १७ दिनको दिनमा गएराति उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार स्वास लिन समस्या भएपछि उनी मंसिर १० गते अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमणका कारण निमोनिया र मिर्गौलामा समस्या देखिएको अस्पतालले जनाएको छ ।

कात्तिक २५ गते दकमस्थित आम्दा अस्पतालमा शल्यक्रियाबाट छोरी जन्माएकी ती महिलामा कात्तिक ३० गते कोरोना पुष्टि भएको थियो । सुत्केरी भएपछि पनि आमा र छोरीको स्वास्थ्य राम्रो थियो । तर, २९ गते स्वासप्रश्वासमा समस्या देखियो । परिवारका सदस्यले सुरुमा विराट मेडिकल कलेज लगेर भर्ना गरेका थिए ।

कोरोना पुष्टि भएपछि परिवारले घरमै आइसोलेसनमा राख्ने भनेर घरमा लगेका थिए । घरमा बस्दा स्वास्थ्यमा सुधार नभएपछि दुई दिनअघि फेरि विराट अस्पताल लगिएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार