![](https://myagdinews.com/wp-content/uploads/2020/11/help-4-1.jpg)
दिपक शर्मा
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका तीन जना बिरामीको लागि टच मराङ जापान र टच मराङ अस्ट्रेलियाबाट १ लाख ८१ हजार ५ सय सहित कुल २ लाख १ हजार ५ सय सहयोग प्राप्त भएको छ।
![](https://myagdinews.com/wp-content/uploads/2020/11/help-1.jpg)
मराङबाट विदेश गएर श्रम गरिरहेका मानिसहरुको संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको हो। प्राप्त भएको कुल रकम मध्य रुखबाट लडेर ढाड भाचिएकी मराङ बुलकी रसमाया विकको लागि १ लाख ११ हजार ५ सय, हर्निया रोगबाट ग्रसित मराङ अर्बाङको ज्ञान बहादुर केसीको लागि ७० हजार र मृगौला फेल भएर उपचार गराईरहेका मुदि खिबाङका छईन्द्र हमालको लागि २० हजार नगद दिईएको छ। रकम प्राप्त भएपछि बिरामीहरुले खुसी हुँदै सहयोगिहरुलाई धन्यवाद दिनु भएको थियो । साथै अझै सहयोगको अपेक्षा गरेका थिए।
![](https://myagdinews.com/wp-content/uploads/2020/11/help-5.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/11/help-2.jpg)
बिरामीको अवस्था हेरेर रकम हस्तान्तरण गरेको डाफे युवा क्लब मराङका अध्यक्ष पुर्ण गर्बुजाले जानकारी दिनु भयो। गर्बुजाका अनुसार बिरामीहरुको परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा उपचारमा समस्या थियो। हामिले सहयोगको अपिल गरेका थियो हाम्रो यो आग्रहलाई स्विकार्दै टच मराङ अस्ट्रेलियाका साथीहरूको सक्रियतामा १ लाख र टच मराङ जापानबाट ८१ हजार ५ सय रुपैया प्राप्त भएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/11/help-3.jpg)
त्यस्तै मलेसियामा रहेका राजु नेपालीले ५ हजार दिनुका साथै डाफे युवा क्लबले १५ हजार रुपैया सङ्कलन गरेको क्लब अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो।ज्ञान बहादुर के सि को उपचारमा प्रगति युवा क्लब मराङ अर्बाङका अध्यक्ष चक्र पुन आफै खटेर बिरामीको सेवा गर्नुभएको थियो।
![](https://myagdinews.com/wp-content/uploads/2020/11/help-4.jpg)
अस्ट्रेलिया र जापानमा श्रम गर्न गएका मराङका मानिसहरुले एक जुट भएर टच मराङ जापान र टच मराङ अस्ट्रेलिया संघ बनाएर गाउको लागि सहयोग गर्दै आएका छन। यसै क्रममा ३ बिरामीको लागि सहयोग रकम पठाएको टच मराङ अस्ट्रेलियामाको प्रतिनिधि विश्व केसीले जानकारी दिनुभयो। यस्तै जापानमा बसेर रकम संकलन गरेका ओम केसीले सामाजिक कामको लागि सधै सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।