मंगलाको काफलचौरमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु ,पाँच घाइते

बेनी। म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० : ४५ को समयमा बाबियाचौरदेखी सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा परि जिपमा सवार अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक किरणजङ्ग कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा ११ बर्षिया करिस्मा केसी रहेका छन् । दुर्घटनामा घाइते हुनेमा चालक खुम बहादुर कटुवाल क्षेत्री ,राजन केसी ,सुकला केसी ,सुनिता क्षेत्री र कृपा क्षेत्री रहेका छन् । मृतक करिष्मा चालक खुम बहादुरकी छोरी हुन् । चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको म्याग्दी प्रनाउ कुँवरले जानकारी दिनुभयो । दुर्घटनामा घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा ल्याउँदै गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार