ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ का २३ वर्षीय सुलभ नापित पक्राउ परेका हुन्।

उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । नापितसहित चार जना बिना कागजपत्र बा ४० प ५६७० र प्रदेश ३-०२-००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार थिए।सोही क्रममा प्रहरी चौकी चाँगुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरूले विवाद तथा हातपात गरेको नेपाल प्रहरीले जनाएको छ।

नापितलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। अन्य तीन जना भने फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुबै मोटरसाइकल नियन्त्रणमा लिएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार