मोरङमा ३५ वर्षीया अशक्त महिला बलात्कृत, एक पक्राउ

काठमाडौं । मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्।

उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

उनका अनुसार महिला एक्लै भएको मौका पारी मण्डलले उनीमाथि बलात्कार गरेका थिए। सो खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार