कञ्चनपुरमा सवारी दुर्घटना, प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ । हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल लाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । विष्ट महाकाली स्थित झोलुंगे प्रहरी चौकीमा कार्यरत थिए ।

ट्रक र चालक यज्ञराज भट्टराईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए । पूर्व पश्चिम राजमार्गको अत्तरिया–महेन्द्रनगर खण्डमा दुर्घटनामा परेर ज्यान गुमाउने हवल्दार शुक्लाफाँटा नगरपालिकाका हुन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार