मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने पक्राउ

काठमाडौं । मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने एकजना पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–२ सुघाटोलका ३० वर्षीय भुपेन्द्र राई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार आफ्नो बुबासँग सामान्य घरायसी विवाद हुँदा भुपेन्द्रले बन्चरो प्रहार गरी घरमा पालिएको गाईको हत्या गरेका हुन् ।

गाईको हत्या गरेको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अभियुक्त भुपेन्द्रलाई पक्राउ गरेको एसपी खड्काले बताए । भुपेन्द्रलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार