म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

१९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सबै कन्त्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार