पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार