सपना रोका मगरलाई मगर संघद्वारा उच्च शिक्षाका लागि सहयोग

काठमाडौं । नेपाल मगर संघले बिबिसी १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई नगदसहित सम्मान गरेको छ। संघले मंगलबार काठमाडौंमा सपनालाई पगरी र खादा ओढाएर सम्मान गरेको हो।

मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि १ लाख १० हजार ५ सय रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संघका अध्यक्ष नविन रोकाले सपनालाई बधाइ र शुभकामना दिएका थिए।

‘नेपालका सडक गल्लीमा हजारौं बालबालिका वेवारिसे छन्, दुनियाँमा बाँच्न पाउँछौ कि भन्ने भावना र तिनीहरूको जीवनमा सपना र आशा जगाउने काममा निरन्तर कदम चलिरहोस्,’ अध्यक्ष रोका मगरले भने।

उक्त कार्यक्रममा सपनाले बिबिसीले आफ्नो नाम उत्कृष्ट १०० महिलाको सूचीमा प्रकाशित गरेसँगै देश विदेशमा रहेका सम्पूर्ण नेपालीबाट पाएको माया र हौसलाले समाजसेवामा थप अगाडि बढ्न प्रेरणा मिलेको बताएकी थिइन्।

म्याग्दीकी १८ वर्षीया सपना बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।सपनाले पछिल्लो समय बेवारिसे शवको अन्त्येष्टिको काम गर्छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार