ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

सुनसरी । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-८ का १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

बुधबार बिहान पौने १० बजे भोक्राहा नर्सिङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी-२ का ३५ वर्षीय अनिल उराउ नियन्त्रणमा रहेको प्रहरी कार्यालयले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार