तुलसीपुरबाट लागुऔषधसहित एक जना पक्राउ

तुलसीपुर । तुलसीपुरबाट विभिन्न खाले प्रतिबन्धित लागुऔषध ट्यावलेटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ आकाशे निवासी २५ बर्षीय देवबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लागु औषध बित्री वितरण गर्नको लागि खड्का रा १ ख १६८२ नम्बरको बसबाट तुलसीपुर आएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बुधवार विहान ७ बजेतिर उनी पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रहरी निरिक्षक झविन्द्र परियारको कमाण्डमा खटिएको प्रहरीले तुलसीपुर ५ वर्ष पार्क क्षेत्रबाट पक्राउ गरेको थियो । बसभित्रै बसिरहेका खड्कालाई खानतलासी गर्ने क्रममा झन्डै साढे ४ सय जति विभिन्न प्रतिवन्धित ट्याबलेटहरु बरामद भएको प्रहरीले जनाएको छ । खड्कालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार