जेव्राक्रसिङमै गाडीको ठक्करबाट घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु

बुटवल । जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममास् मृत्यु भएको छ।

गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै गरेका स्थानीय ६० वर्षका थानेश्वर लम्साललाई गाडीले ठक्कर दिएको थियो।

लम्साललाई लु १७ च ६६१२ नम्बरको स्कारपियो गाडीले बुटवल-भैरहवा छ लेनको सडकस्थित जेव्राक्रसमै ठक्कर दिएको थियो।उक्त गाडी बुटवल बसपार्कमा रहेको होटल डार्सिजको रहेको प्रहरीले जनाएको छ।गाडीको ठक्करबाट घाइते भएका लम्साललाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

उपचारका क्रममास् बिहीबार उनको मृत्यु भएको आफन्त दिनेश लम्सालले पुष्टि गरेका छन्। ठक्कर दिने गाडी र चालक विमल कोइराला प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार