तनहुँमा आगलागी हुँदा साढे सात लाख बराबरको क्षति

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर शनिबार आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार