९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।शनिबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२१ दलाक्षीमा डेरा गरि बस्ने ५० वर्षीय बद्रीबहादुर धिताललाई पक्राउ गरेको हो।

धितालले ती बालिकामाथि बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जनसेवाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार बालिका उनकी श्रीमती र पहिलो श्रीमानकी छोरी हुन्।

पहिलो श्रीमानकी छोरीलाई मापसे गरेर बलात्कार गरेको हो,शाहले सेतोपाटीसँग भने,आमाले थाहा पाएर खबर गरेपछि हामीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौ।’

बालिकाको शनिबार राति नै थापाथलीस्थित प्रशूति गृहमा स्वास्थ्य परीक्षण गराइएको थियो। त्यसको रिपोर्ट आउन बाँकी रहेको डिएसपी शाहले जानकारी दिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार