झापामा हात्तीसँग मारुती भ्यान ठोक्किदाँ दुई जना घाइते

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा हात्तीसंग ठोक्किएर आइतबार साँझ मारुती भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फतर्फ आउँदै गरेको मे १ च १७६३ नं. को मारुती भ्यान देउनिया खोलाछेउ हात्तीसँग ठोक्किएको हो।

सुँडमा गाडी ठोक्किएपछि अनियन्त्रित भएर नजिकै को कल्भर्टमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। सडकबाट मारुती भ्यान करिब १० मिटर तल झरेको थियो ।

दुर्घटनामा परी भ्यान चालक बिर्तामोड ५ का ४९ वर्षीय नरप्रसाद घिमिरे र यात्रु सुजन बस्नेत घाइते भएका छन्। चालक पल्टिएको गाडीभित्र च्यापिएका थिए। उनको बिर्तामोडको मनमोहन हस्पिटलमा उपचार भैरहेको छ। यात्रुको अवस्था भने सामान्य रहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार