७ बर्षपछि वन मुद्धामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ ।

तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए ।

०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई व्यास नगरपालिका–१२ देउरालीबाट प्रहरीले पक्रेको हो ।अदालतको आदेशले उनलाई कारागार कार्यालय तनहुँमा थुनामा पठाइएको डिएसपी तिमिल्सिनाले जानकारी दिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार