काभ्रेमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

एकआपसमा मोटरसाइकल ठोक्किँदा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक र प्रदेश २–०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने व्यक्तिको ज्यान गएको काभ्रेका ट्राफिक प्रमुख इन्सपेक्टर विशाल तामाङले बताए ।

मोटरसाइकल चालक धुलिखेल–६ का २० वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोक चौताराका २८ वर्षीय हरिकृष्ण बस्नेतको ज्यान गएको इन्सपेक्टर तामाङले बताए । इन्सपेक्टर तामाङकाअनुसार उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घाइते तीन जनामध्ये एक जनालाई काठमाडौँ पठाइएको छ भने २ जनाको धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार