सर्लाहीमा आगोबाट १२ लाखको क्षति

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।

विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार