बलात्कारी खोज्दै जाँदा प्रहरी चकित : भेटिए दिउँसो केटा, राति केटी

काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवामा मंसिर १४ गते आफू बलात्कृत भएको भन्दै एक युवतीले उजुरी दिइन् ।

उजुरी प्राप्त गरेपछि प्रहरीले बलात्कारीको खोजी सुरु गर्यो । जति खोजी गर्दै गयो, त्यति नै प्रहरी चकित पर्दै गए । ती युवतीलाई युवतीले बलात्कार गरेको सीसीटीभी फुटेजबाट पत्ता लाग्यो । प्रहरी युवतीकै खोजी गर्दै गयो । प्रहरी अझ चकित पर्यो, ती युवती भेषधारी दिउँसो त पुरुषकै भेषमा देखिए ।

प्रहरीले खोजविन जारी राख्यो । खोजविनका क्रममा प्रहरीले ती युवती भेषधारी पुरुष नै भएको पत्ता लगायो । उनी मंगलबार पक्राउ परे । अनि बल्ल पोल खुल्यो ती बलात्कार घटनामा संलग्न महिला नभएर पुरुष नै थिए ।

ती व्यक्ति हुन्, सल्लानको कुमाखमालिका गाउँपालिका ७ घर भई काठमाडौंको बागबजार बस्ने २४ वर्षीय सागर केसी । उनी दिउँसो पुरुषकै भेषमा हिड्ने र रातको समयमा नक्कली कपाल र पोशाक लगाएर महिला बनेर हिड्ने गरेको खुलेको छ ।

उनले दिउँसो सागर केसीकै नामबाट आफूलाई चिनाउने र रातको समयमा आफ्नो नाम शारदा भएको बताउने गरेका छन् । महांकाल मन्दिरको सडक पेटीमा आफूमाथि जवर्जस्ती करणी भएको भन्दै महिलाको उजुरीपछि उनी पक्राउ परेका हुन् । उनीबारे थप अनुसन्धान भइरहेको वृत्तका डीएसपी सुनिलजंग शाहले बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार