ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा सात जना घाइते

पथरी । मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।

पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ७ ख ४४ ट्रीपर र प्र १-००१ ख ८१११ नम्बरको बस एक आपसमा जुधेका हुन्। घाइते हुने बसमा सबार जन्ती रहेका छन्। स्कुटर चालक समेत घाइते भएका छन्। बसको अगाडि बसेका अधिकांश जन्ती घाइते भएका छन्।

घाइतेहरुमा पाँचथर कुम्मायक बस्ने तटबहादुर घिमिरे सोही ठाउँका राम बहादुर कार्की, झापा कमल गाउँपालिकाका चित बहादुर बोहोरा लाई उपचारका लागि दमक आम्दा अस्पतालमा पठाइएको बेलबारी प्रहरीले जनाएको छ ।

बस चालक राजन बाँस्तोलाको बेलबारीमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ भने स्कुटर चालक बेलबारीका सुवास राईलाई उपचारका लागि बेलबारीकै नोबेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार