म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिका-८ बस्ने बर्ष ६३ का पुरुष १ जना र बढीगाड, बाग्लुङ स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष २२ की महिला १ जना गरी जम्मा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १६२ जना (महिला ३७ र पुरुष १२५) पुगेको छ । हाल सम्म जम्मा २२७२ वटा नमुना संकलन गरी पठाइएकोमा २२७२ कै रिपोर्ट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार