पोखराबाट लागूऔषधसहित ३ जना पक्राउ

कास्की । कास्की प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा जिल्लाको पोखरा महानगरपालिका–११ काँहु भञ्ज्याङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने बर्ष ३२ को रमेश गुरुङ, कास्की पोखरा महानगरपालिका–११ काहुभन्ज्याङ बस्ने बर्ष २१ को मुकेश विक र कास्की पोखरा महानगरपालिका–१२ चापापानी बस्ने बर्ष २९ को नवराज गुरुङ रहेको कास्कीका प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए ।

उनीहरुको साथबाट लागूऔषध डाईजापाम–६४ एम्पुल, नुर्फिन–६५ एम्पुल, फेनेरागन–६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ वटा र २ हजार ८४०।– रुपैयाँ नगद फेला परेको प्रमुख श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

‘लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्,’ श्रेष्ठले भने, ‘पक्राउ परेका तीनैजनालाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’ रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार