भन्सार छलेर भारतको कुवाडीबाट ल्याइएको २ हजार ४६० किलो चिनी बरामद

विराटनगर । प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ। मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार चोरी पैठारीमा संलग्न चार जनालाई समेत पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका-१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका-२ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रुपेश मण्डल छन्।

प्रहरीले को१८प ५७४३, को२२प १६४४ र को११प ६६५९ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। बरामद चिनी र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार